हेटौंडामा बृद्ध दम्पती किन झुण्डिए ?

हेटौंडा / हेटौंडामा बृद्ध दम्पती झुण्डिएका छन् । मकवानपुरको हेटौंडा उमपहानगरपालिका वडा नं–१ चाइनाक्वाटरमा एक वृद्ध दम्पती मृत भेटिएका छन् ।
शुक्रबार साँझ स्थानीय ७८ वर्षीय कृष्ण प्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्द कुमारी दाहल झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
उनीहरु किन र के काणले झुण्डिए भन्ने कुरा अहिले सम्म पत्ता लागन् सकेको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनीहरु आफ्नै तिन तले पक्की घरमाथीको ट्रसले छाएको पुजा कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरु कान्छो छोरा बुहारीसंग बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया