आग्राका स्थानीय,श्रमदान मार्फत सडक मर्मत गर्दै

पालिका डायरी
२३ जेष्ठ २०८०
आग्राका स्थानीय,श्रमदान मार्फत सडक मर्मत गर्दै

कसैको हातमा चादे  र कसैको हातमा पिक तर सबैको उद्देश्य सडकको नाली बनाउने र खाल्डा खुल्डी पुर्ने। यो दृश्य थाहा ८ आग्रा गाउँवासीको हो। विकास निर्माणको कामलाई सरकारको मुख ताकेर बजेट नै कुर्नुपर्छ भन्ने मान्यतालाइ उनीहरुले तोडेका छन्।

अहिले गाउँवासीले वडा कार्यालयसँग साझेदारी गर्दै गाउँमा सडक मर्मत गर्न जनश्रमदानमा जुटेका हुन्। वडा कार्यालयसँग सीमित बजेट हुने भएकोले जनताको सहभागितामा गरिएको विकास कम लागत र बलियो हुने वडा अध्यक्ष हेमराज थिङ बताउँछन्। असहज सडक भएको कारण जनताले सास्ती भोगेको बताउँदै थिङ  भन्छन्, ‘वडाले आवश्यक खाजा  उपलब्ध गराउने भएपछि यहाँका जनता जागरुक हुनुभएको छ।

जनश्रमदान बाट भकुण्डे,काभ्रे,खर्क भञ्ज्याङ्,सिम्ले सडक अन्तर्गत सुनकाली देखि छाप ,जल्किन खोला सम्म ७ किलोमीटर सडकको नाली तथा खाल्डाखुल्डी पुरी मर्मत गरिएको छ। करिव ३ सयजनाको सहभागितामा श्रमदान मार्फत हुलाक डाडा,काभ्रे वडा कार्यालय सम्म ३ किलोमीटर र सौरा गारेघर २ किलोमीटर सडक समेत जनश्रमदान बाट मर्मत गरियको अध्यक्ष थिङ ले बताए ।

अब २७ गते दामगाडे-महादेववेशी सडक,दामगाडे देखि ऐसेलुखर्क मोरिया सम्मको सडक मर्मत तथा नाली बनाउन जनश्रमदानको निम्ति अव्ह्वान गरिने अध्यक्ष थिङले जानकारी दिए।

प्रतिक्रिया
FB_IMG_1686019218928-1686019411