वातावरण दिवस : राक्सिराङको चमेरो गुफा क्षेत्रमा बृक्षारोपण तथा सरसफाई

पालिका डायरी
२२ जेष्ठ २०८०, २२:१८

हेटौंडा / विश्व वातावरण दिवसको अवसर पारेर राक्सिराङ गाउँपालिकाको पर्यटकिय स्थल जलपरी झरना तथा चमेरो गुफा आसपासमा बृक्षारोपण तथा सरसफाई गरिएको छ ।

राक्सिराङ गाउँपालिकाको आयोजनामा राक्सिराङ ३ स्थित जलपरी झरना र चमेरो गुफा वरपर बृक्षारोपण तथा सरसफाई गरिएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, वडाअध्यक्ष उत्तम वाइबासहित जनप्रतिनिधहरु र विभिन्न सरोकारवालासहित स्थानीयहरुले झरना वरपर बृक्षारोपण र सरसफाई गरेका हुन । पिपल, बर, सतिसाल, आँप, कटहर लगायत बिरुवा सो क्षेत्रमा बृक्षारोपण गरिएको गाउँपालिका अध्यक्ष मल्लले बताए।

पौराणिक महत्व बोकेको जलपरी झरना र चमेरो गुफाको संरक्षणका लागि कार्यक्रम गरिएको अध्यक्ष मल्लको भनाई छ । उनले पर्यटकिय हिसाबले गाउँपालिकाकै उत्कृष्ट गन्तव्य रहेकाले थप ब्यवस्थापन र संरक्षणका निम्ति गाउँपालिकाले भुमिका खेल्ने बताए ।

बृक्षारोपण तथा सरसफाई कार्यक्रममा निवर्तमान वडाअध्यक्ष बाबुलाल स्याङतान, वडा सदस्यहरु, सब डिभिजन वन कार्यालयका अधिकृत सुजन मोक्तान, हरियाली टोल बिकास संस्थाका अध्यक्ष मानिकलाल बल, गाउँपालिकाका कर्मचारी, बिद्यार्थी लगायत स्थानीयको उत्साहजनक सहभागीता रहेको थियो ।

प्रतिक्रिया