भीमफेदी गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा १०१ वटा कृषि औजारहरु हस्तान्तरण

हेटौंडा / भीमफेदी गाउँपालिकाले सोमबार ५० प्रतिशत अनुदानमा १०१ वटा कृषि औजारहरु ९ वटा वडाका किसानहरुलाई हस्तान्तरण गरेको छ ।
भीमफेदी गाउँपालिकाको ४९ लाखको लागतमा गाउँपालिकाको किसानको उत्पादनमा वृद्धि र कृषिलाई ब्यवसायिकरण गर्ने उदेश्यले कृषि औजार वितरण गरिएको गाउँपालिकाको अध्यक्ष हिदम लामाले बताए । उनले सबै पालिकाबाट खरिद गर्दा सो औजारको माया कमहुने भएकोले सबैखाले मेसिनमा ५० प्रतिशत अनुदान दिएको बताए ।
गाउँपालिकाको ९ वटै वडाका जनप्रतिनिधिको सिफारिसमा १०१ जनालाई कृषि औजार हस्तान्तरण गरिएको बताए । हस्तान्तरण गरिएको कृषि औजारहरुमा मिनिटिलर ७ एच पि को ३९ वटा र ५ एच पि को २५ वटा , कम्बाइन मिल १५ वटा, च्यापकटर २४ वटा, थ्रेसर ३ वटा र मकै छोडाउने मेसिन ५ वटा गरि जम्मा १०१ वटा मेसिन हस्तान्तरण गरिएको बताए ।
कार्यक्रम भीमफेदी गाउँपालिकाको आर्थिक बिकास समितिको संयोजस तथा भीमफेदी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष काँषिराम बज्युको सभा अध्यक्षतामा सम्पन्न भएको थियोे । कृषि औजार वितरण कार्यक्रममा गाउँपालिकाको अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशेष अतिथी उपाध्यक्ष सन्जिव श्रेष्ठ तथा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भिमलाल महर्जन, कृषि शाखाका प्रमुख लगयतको आतिथ्यता रहेको थियो
