प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणबारे उठेका प्रश्नको जवाफ दिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा आफ्नो भारत भ्रमणबारे उठेका प्रश्नको जवाफ दिने भएका छन् । आज बिहान ११ बजे बस्न लागेको संसद् बैठकमा प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा आएका विवादित विषयबारे जवाफ दिने भएका हुन् ।
बैठकमा उनले राष्ट्रपति राचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक लगायतबारे पनि जवाफ दिने भएका छन् । यही विषयलाई लिएर प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद् बैठक अवरुद्ध गरेका छन् ।
भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपाललाई बंगलादेशसम्म पुग्ने बाटोको सट्टामा लिपुलेक–लिम्पियाधुरा भारतलाई दिन सकिने विकल्पमा कुरा भएको उल्लेख गरेका थिए ।

प्रतिक्रिया