हेटौंडामा घाइते फेला परेका पुरुषको मृत्यु

हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगर ४ स्थित कमलडाँडामा घाइते अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ ।
नामथर वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार ती पुरुष शुक्रबार स्थानीय उत्तम उप्रेतीको घर नजिकै टाउकोमा चोट लागेको अवस्थामा फेला परेका थिए ।
घाइते फेला परेका पुरुषको आज शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया