सार्बजनिक यातायातमा स्टिकर र डस्बिन

पालिका डायरी
१७ जेष्ठ २०८०, १२:३८

हेटौंडा / हेटौंडा १५ स्थित रातोमाटे चेकपोष्टबाट सार्बजनिक यातायातका साधनहरुमा सचेतनामुलक स्टिकर टाँसी फोहर जम्मा गर्ने डस्बिन बितरण गर्न शुरु गरिएको छ ।

बिश्व वातावरण दिवसको अवसरमा वातावरण सफा राख्ने उद्येश्यले कार्यक्रम गरिएको हो,टोल बिकास संस्था नगर समन्वय समिति हेटौंडाका महासचिव शिवहरि दाहालले बताए । टोल बिकास संस्था नगर समन्वय समिति हेटौंडाको आयोजना , सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ थानाभर्याङ्गको ब्यवस्थापनमा कार्यक्रम भएको हो ।

हेटौंडा बसपार्क , संगम बसपार्क , भिमफेदी बसपार्क , रातोमाटे चेकपोष्ट बाट चल्ने ६ सय भन्दा बढी सवारी साधनहरुमा स्टिकर टाँसिने र डस्बिन बितरण गरिने आयोजक संस्थाले जनाएको छ । नगर समन्वय समितिका अध्यक्ष ध्रुब अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाकी अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ का अध्यक्ष देवकुमार श्रेष्ठ , सदस्य यज्ञबहादुर आचार्य , नारायणी यातायात संघ पुरानोका महासचिव सरोज खनाल , ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधी , हेटौंडा उपमहा नगरपालिका वातावरण महाशाखाका प्रतिनिधी लगागतकाको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
IMG_2047