जनआन्दोलनका घाइते गोकर्ण तिवारीलाई हेटौंडामा सम्मान

हेटौंडा / लोकतान्त्रिक गणतन्त्रको लागि राजनैतिक दलद्वारा आह्वान गरिएको ऐतिहासिक जनआन्दोलन २०६२–०६३ मा योगदान गर्नुहुने युबा गोकर्ण तिवारी लाई आज गणतन्त्र दिवश दिन एक कार्यक्रमका बीच सम्मान गरिएको छ । प्रदेश युवा परिषद, बागमती प्रदेश हेटौंडाको सहयोगमा गैरसरकारी संस्था महासंघ मकवानपुरले गरेको कार्यक्रमको समापनका अवसरमा आज सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले दोसल्लाह ओढाएर सम्मान गर्नुभयो । युवा लक्षित लैङ्गिक हिंसा र साईबर क्राईम न्युनिकरण तथा तनाव व्यवस्थापन सम्बन्धी तीन दिने तालिमको समापनका अवसरमा आज गणतन्त्र दिवसका अवसरमा पारेर तिवारीलाई सम्मान गरेको हो । जनआन्दोलनका क्रममा घाइते भएका तिवारीलाई आज सम्मान गर्न पाउँदा खुसी लागेको कार्यकारी उपाध्यक्ष चौलागाईले बताउनुभयो ।
शहिदहरुत शहिद भइहाले तर, घाइतेहरुलाई पनि सरकारका निकायहरुले हेर्नुपर्नेमा उहाँको जोड थियो । गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका वरिष्ठ प्रहरी उपरिक्षक दीपक रेग्मीको विशेष आतिथ्यमा भएको थियो ।