रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सरकारको सिफारिस
कैलालीको टीकापुर घटनामा संलग्न रहेको भन्दै जन्मकैदको सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आमाफी दिन सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
गणतन्त्र दिवसको अघिल्लो दिन आइतवार बसेको मन्त्रिपरिषद् बैठकले रेशमलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले आमाफी सिफारिससम्बन्धी प्रस्ताव फिर्ता पठाएका थिए ।
गणतन्त्र दिवसको दिन राष्ट्रपतिले चालचलन राम्रो भएका कैदीको समाज मिनाहा गर्ने प्रचलन छ । तर, फौजदारी कसुरमा जन्मदैक पाएका व्यक्तिलाई आममाफी दिन नहुने पक्षमा अधिकारकर्मीले लविङ गरेका छन् ।
प्रतिक्रिया

