मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

पालिका डायरी
१४ जेष्ठ २०८०, १०:४६

मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरू भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका एजेण्डा, नियमिति काम कारबाही र बजेटका विषयमा केन्द्रित रहेर छलफल जारी रहेको बालुवाटार स्रोतले जनाएको छ।

आइतबार बिहान लगानी बोर्डको बैठकपश्चात उनले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। आर्थिक वर्ष २०८०/०८१  को बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुँदैछ।

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गतेबाट भारत भ्रमणमा जाने औपचारिक घोषणा भएको छ।

प्रतिक्रिया