गाउँपालिकाद्वारा इन्द्रसरोवरका किसानहरुलाई सामाग्री वितरण

पालिका डायरी
१३ जेष्ठ २०८०

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका किसानहरुका लागि पालिकाले कृषि पकेट क्षेत्रका लागि सहयोग गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सशर्त ) कार्यक्रमबाट किसानहरुका लागि उत्पादन, यान्त्रिकरण र पूर्वाधार विकासमा सहयोग गरेको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए । इन्द्रसरोवरको वडा नम्बर १ मा आर्थिक वर्ष २०७८/०७९ मा स्थापना भएको तरकारी बाली पकेट विकास कार्यक्रमको निरन्तरता स्वरुप सहयोग कार्यक्रम संचालन गरिएको हो ।

पकेट कार्यक्रम अन्तर्गत वडा नम्बर १ मा रहेको श्री गणेश कृषक समूहमा आवद्ध किसानहरुलाई सहयोग गरिएको हो । गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख आतिथ्यमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा समूहमा आवद्ध किसानहरुलाई कृषि उपज उत्पादन सामाग्री अन्तर्गत काउली, धनियालगायतको बिउ, मल्चिङ प्लाष्टिक, थोपा सिंचाइ तथा अन्य विषादीहरु समेत सहयोग गरिएको थियो । त्यस्तै कृषि यान्त्रिकरण अन्तर्गत मिनीटिलर, डिजिटल तराजु, रकेट पम्प र इलेक्ट्रोनिक्स स्प्रे वितरण गरिएको श्री गणेश कृषक समूहकी अध्यक्ष चिनी कुमारी थापा मगरले जानकारी दिइन् । पालिकाको सहयोगमा कृषि सम्बन्धी पूर्वाधार विकास सहयोगतर्फ प्लाष्टिक टनेल, इन्सेक्ट नेट, प्लाष्टिक पाइपलगायतका सामाग्रीहरु
किसानहरुलाई वितरण गरिएको थियो ।

किसानहरुका लागि पकेट विकास कार्यक्रम अन्तर्गत पालिकाको ५ लाख ७५ हजार र किसानको तर्फबाट ६ लाख रुपियाँ साँझेदारी गरी कुल ११ लाख ७५ हजार रुपियाँको सहयोग सामाग्री वितरण भएको हो । किसानहरुले सहयोग पाएपछि खुशी व्यक्त गरेका छन् । उनीहरुले सहयोग पाएको सामाग्रीको उपयोग गरी
आयआर्जनको स्तरवृद्धि हुने अपेक्षा गरेका छन् ।

श्री गणेश कृषक समूहकी अध्यक्ष चिनी कुमारी थापा मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष उमा कुमारी लामाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्की, वडा नम्बर १ का वडाध्यक्ष सुवास थापा मगर, १ नम्बर वडा सचिव सुरेश प्रसाद कोइराला, कृषि शाखा
प्रमुख कुमार पौडेल, पशु शाखा प्रमुख नविन अधिकारी लगायतकाको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
ssa