बागमती प्रदेश सरकारलाई एमाले संसदीय दलको यस्तो छ सुझाब

पालिका डायरी
११ जेष्ठ २०८०

हेटौंडा / बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याउँदै छ ।

यसका लागि नेकपा एमालेका तर्फबाट प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा लगायतका सबै मन्त्रालयहरुलाई एमालेले बिभीन्न सुझाबहरु दिइरहेको छ ।

आफ्ना सुझाबहरु समेटेर मात्र नीति तथा कार्यक्रम ल्याउनका लागि एमालेले आज संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर चेतावनी समेत दिएको छ ।

सदनमा प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा आफुले दिएको सुझाबहरुलाई जोड दिनका लागि आग्रह गरिएको एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूधन पौडेलले बताउनुभयो ।

प्रतिक्रिया