हेटौंडा १५ का निवर्तमान अध्यक्ष सहित उपभोक्ता समितिको अध्यक्ष सम्मानित

पालिका डायरी
१० जेष्ठ २०८०
हेटौंडा १५ का निवर्तमान अध्यक्ष सहित उपभोक्ता समितिको अध्यक्ष सम्मानित

हेटौंडा / हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा कार्यलयको आयोजनामा वडा स्तरिय सम्मान तथा वार्षिक कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा स्वच्छ, समृद्ध, सृजनशील औद्योगिक नगर हेटौंडा उपमहानगरपालिका भन्ने मुल नाराको साथ कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार सम्पन्न कार्यक्रममा विभिन्न विद्यामा एक दर्जन भन्दा बढी सम्मानित भएका हुन् । जसमा वर्तमान जनप्रतिनिधि, निवर्तमान जनप्रतिनिधि, वडाका कर्मचारी र योजना सम्झौता गरेर समयमा नै काम सम्पन्न गरेका उपभोक्ता समितिका अध्यक्षहरु सम्मान पत्रबाट सम्मानित भएका हुन । हेटौंडाको १९ वटा वडामध्ये १५ नम्बर वडा कार्यसम्पादनमा दोस्रो वडा भएकोले पुरस्कार समेत प्राप्त गरेको थियो ।

वडामा यिनै जनप्रतिनिधि कर्मचारी र उपभोक्ता समितिको कारणले वडाको विकास निर्माणले प्राथामिकता पाएकोले आफुले उक्त कर्मचारीहरुलाई सम्मान गरेको अध्यक्ष सुनिल मुक्तानले बताए । मुक्तानले आफ्नो वडा नगरपालिकाको उन्नाइस वडा मध्ये दोस्रो स्थानमा आउन उपभोक्ता समितिको महत्वपुर्ण भूमिका रहेकोले आगामी दिनमा पनि राम्रो काम गरेर देखाउने उपभोक्ता समितिलाई सम्मान गरिने बताए ।

अध्यक्ष मोक्तानले सबै राजनीतिक दललाई पनि कुनै राजनैतिक भावना नराखेर वडाको विकासमा लाग्न अनुरोध गरे । वडाको सबै राजनैतिक पार्टी एकैठाउँमा बसेर काम गरौँ र समृद्ध वडा बनाउन सहयोग गरौ भन्दै आग्रह गरे । उनले आफु एमालेबाट निर्वाचित वडा अध्यक्ष भएपनि सबै सङ्ग मिलेर सबैको साथ र सहयोगमा काम गर्ने प्रतिवद्धा व्यक्त गरे ।

कार्यक्रममा निवर्तमान वडा अध्यक्ष महारत्न लामा लगाएत वडाको सबै निर्वाचित जनप्रतिनिधि र सबै राजनीतिक दलको प्रतिनिधि विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया
_MG_4117