घर्तिखोलामा तीन दिने व्यावसायिक गाई भैंसी पालन तालिम सुरु

हेटौंडा / थाहा नगरपालिका वडा नं. ३ को घर्तिखोलामा ३ दिने व्यावसायिक गाई भैंसी पालन सम्बन्धि तालिम आज सोमबारबाट सुरु भएको छ ।
थाहा नगरपालिका पशु स्वास्थ शाखाको आयोजनामा सुरु भएको तालिमको एक समारोहका विच वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले उद्घाटन गरे । तालिमको उदघाटन गर्दै वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले व्यावसायिक रुपमा गाई भैंसी पालन तालिममा सिकेका कुराहरु व्यवहारमा उतारि दक्ष कृषक बनेर रोजगारी मुलक व्यवसाय सञ्चालन गर्न आग्रह गर्नु गरे । अध्यक्ष रायमाझीले सीपमुलक तालिम अहिले को आबश्यकता भएको बताउदै कृषिको क्रान्ति बिना नगरको आर्थिक उन्नति हुन नसक्ने बताए ।
जनप्रीय बहु प्राबिधिक विद्यालयका प्रशिक्षक अनिल सापकोटाले प्रशिक्षण दिने तालिममा २० जना अगुवा पशुपालक कृषकको सहभागिता रहेको वडा नं. ३ का पशु प्राविधिक रुपेश कुमार मिश्रले बताए ।
प्रतिक्रिया