९२ किलो गाँजा सहित हेटौँडाबाट ३ जना पक्राउ

पालिका डायरी
८ जेष्ठ २०८०

हेटौँडा /  मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित हेटौँडाबाट तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरीले भारतीय नंबर प्लेटको जीपमा गाँजा सहित १ भारतीय र दुई नेपाली नागरिकलाई पक्राउ गरेको हो । उत्तरी मकवानपुरबाट हेटौँडा तर्फ आउँदै गरेको विआर ०१ विएन १५१८ नंबरको जिपलाई प्रहरीले हेटौँडा १ मा नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा पछाडीको सिटमा फल्स बटन बनाई लुकाई छिपाई ९२ किलो गाँजा ल्याउँदै गरेको अवस्थामा तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिप चालक भारत मोजफुर बस्ने २२ वर्षका अमितकुमार दुबे, पर्सा जिल्ला छिपरमाई गाउँपालिकाका ५० वर्षीय नैमुद्धिन मिया र मकवानपुर कैलाश गाउँपालिका वडा नंबर १० का ६० वर्षीय बुद्धिमान थोकर रहेका छन् । उनिहरुको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया