नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई बचाऊ गर्ने अवस्था छैनः सञ्चारमन्त्री शर्मा

पालिका डायरी
६ जेष्ठ २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई बचाऊ गर्ने अवस्था छैनः सञ्चारमन्त्री शर्मा file photo

काठमाडाैं / सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई पनि बचाऊ गर्न सक्ने अवस्था नरहेको बताएकी छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेकी उनले सरकारले आफैं भित्र त्यो देखिएपनि त्यसलाई कारबाही गरेर अघि बढने संकल्प लिएको पनि स्पष्ट पारिन् ।

प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले राम्रो कामको सुरुवात गरिरहेको दावी समेत गरिन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकाल बढी सुझबुझपूर्ण ढंगले अघि बढाएको भन्दै प्रशंसा समेत गरिन् । मन्त्री शर्माले भन्नु भयो, ‘अहिले सरकारले राम्रो सुरुवात गरेको छ । अस्ती हाम्रो प्रधानमन्त्रीले प्रश्नोत्तरको बेलामा बोल्नु भयो । त्यो बोलिरहँदा एउटा कन्डिशन के देखियो भने हिजोदेखि अहिलेसम्मका सरकार हेरौं । हिजो केपी ओलीले नेतृत्व गर्दा होस्, शेरबहादुर देउवाले नेतृत्व गर्दा होस् । जसले नेतृत्व गर्दाहोस–माओवादी मन्त्रीहरु त्यतिधेरै बदनाम छैनन् ।’

मन्त्री शर्माले सरकारले राम्रो काम गरिरहेको उल्लेख गर्दै त्यसको प्रचारप्रसारको काम गरिदिन पनि सञ्चारमाध्यमहरुलाई आग्रह गरिन् ।

प्रतिक्रिया
rekha_sharma_s4UUgWyWhx