उद्यमशिलता र संस्कृतिको जगेर्नामा ४ नम्बर वडाको यो प्रायास : झुमे सिंगो हेटौंडेली

पालिका डायरी
६ जेष्ठ २०८०, १३:२४

हेटौंडा / हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा भएको वृहत उद्यमशिलता प्रर्दशनी तथा नृत्य प्रतियोगिता भव्यताका साथ सफल भएको छ। शुक्रबार हेटौंडा ४ को रोयल पार्टी प्यालेसमा आयोजना भएको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो।

उक्त कार्यक्रमले हेटौंडा ४ लाई मात्रै मनोरञ्जन दिएन । हेटौंडाको १९ वटै वडा समेटिएको कार्यक्रममा पूरै हेटौंडाबासी झुमे । लामो समयसम्म नभएका यस्ता सांस्कृतीक कार्यक्रमले हेटौंडाबासीलाई शुक्रबार गायक बद्री पंगेनीको आवाजले नचायो । यस्तै नृत्य प्रतियोगिताले स्थानीय कलाको अभिबृद्धिमा जोड दिएको भन्दै कार्यक्रमा उपस्थित अतिथीहरुले कार्यक्रमको प्रशंशा नै गरे।

त्यसोत, जेष्ठ महिनाको तातो गर्मी भन्दा पनि धेरै तातियो शुक्रबारको कार्यक्रमको माहोल । बाहिर राखिएका हेटौंडाको १९ वटै वडाको घरेलु उद्यमशिलताको प्रर्दशनी अवलोकन गर्दै हल भित्र प्रवेश गरेपछिको नृत्य प्रतियोगिता र कलाकारहरुको प्रस्तुतीमा निकै रमझमका साथ हेटौंबासीहरु झुमेका थिए।
नृत्य प्रतियोगितामा हेटौंडा १८ को टीम प्रथम भएको छ। १० नम्बर वडाको टीम द्वितीय भएका छन् भने २ नम्बर वडाको टीम तृतीय भएका छन् । यस्तै, वडा नम्बर ११ र वडा नम्बर ५ को टीमले सान्त्वना भएका हुन्।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सात्वना हुने टीमहरुलाई क्रमशः नगद ५० हजार रुपैयाँ, नगद ३५ हजार रुपैयाँ, २० हजार रुपैयाँ र सान्त्वना हुनेलाई नगद १० हजार रुपैयाँ २ वटा समूहलाई प्रदान गरिएको छ ।

यस्तै, कार्यक्रममा राखिएको उद्यमशिलता प्रदर्शनीमा हेटौं ५ नम्बर वडा प्रथम भएको छ। हेटौंडाको १९ वटै वडाको स्टल रहेको उक्त प्रर्दशनीमा ५ नम्बर वडाको समूह पलिो भएको हो।
४ नम्बर वडाको समूह द्धितिय भएको छ भने ६ नम्बर वडाको समूह तृतीय भएका छन् । यस्तै, १९ नम्बर र २ नम्बर वडाको समूहले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

उनीहरुलाई क्रमशः नगद २५ हजार रुपैयाँ, द्वितीय हुनेलाई १५ हजार रुपैयाँ, तृतीय हुनेलाई नगद १० हजार रुपैयाँ र सान्तवना हुने २ समूहलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिएको हो ।
नृत्य प्रतियोगिता कार्यक्रमको उद्घाटन् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गरेका थिए भने उद्यमशिलता प्रदर्शनीको बागमती प्रदेशसभाका सदस्य तथा पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले गरेका हुन् ।
कार्यक्रममा निर्वतमान मुख्यमन्त्री पौडेलले स्थानीय सरकारले सडक निर्माण मात्रै विकास हो भन्ने कुरालाई छोडेर सबै क्षेत्रको काममा जोड दिन आग्रह गरे । उद्यमशिलता प्रबद्र्धन कार्यक्रमले स्थानीय उत्पादनको बजारीकरणलाई सहजता हुने उनले बताए ।

कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य श्रेष्ठले उद्यामशिलता संगै उद्योगी व्यावसायीहरुको प्रवद्र्धनका लागि लाग्नुपर्ने बताए । यस्ता कार्यक्रमले अरुलाई पनि प्रेरणा मिल्ने बताए ।
कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले आफ्नो वडामा विकास निर्माण संगै यस्ता महत्वपूर्ण काम गरेर हरेक क्षेत्रको विकासमा जोड दिने बताए । उनले यो कार्यक्रम ४ नम्बर वडाको लागि मात्रै नभएर ४ नम्बर वडाको आयोजनामा हेटौंडा र सिंगो मकवानपुरकै स्थानीयलाई मनोरञ्जन दिनका लागि आयोजना गरेको बताए । उद्यमीहरुको सिप र क्षमतालाई प्रवद्र्धन गर्ने समेत कार्यक्रमको लक्ष्य रहेको उनको भनाइ थियो ।

टोल विकास संस्था नगर समन्वय समितिको व्यवस्थापनमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाईं, वडाअध्यक्षहरु लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रममा गायक ऋचा थापा लगायतकाको प्रस्तुती रहेको थियो ।

प्रतिक्रिया