बागमती प्रदेशमा बजेट बनाउने बेला अर्थमन्त्री लामालाई चार मन्त्रालयको बोझ, मन्त्री टुङ्गो नलगाउँदाको हैरानी

पालिका डायरी
६ जेष्ठ २०८०
नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी भएका छन्। उनी प्रतिष्पर्धी ईन्द्रबहादुर बानियाँलाई ५ मतले पराजित गर्दै दलको नेतामा विजयी भएका हुन्। प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेका अनुसार लामाले २१ र बानियाँले १६ मत ल्याएका छन्। संसदीय दलको नेतामा सहमति नजुटेपछि कांग्रेस केन्द्रीय सदस्य लामा तथा बागमती प्रदेश सभापति बानियाँ चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। बानियाँको प्रस्तावकमा सांसद प्रभात तामाङ तथा समर्थकमा छिरिङ दोर्जे लामा रहेका थिए भने लामाका प्रस्तावक कुन्दनराज काफ्ले र समर्थक उर्मिला नेपाल, तिर्थ बहादुर लामा, रमेश कुमार महत र रामकृष्ण चित्रकार रहेका थिए। संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरि चुनावी कार्यक्रम सञ्चालन गरेको थियो। मुखमै आइसकेको मुख्यमन्त्रीको गास खोसिँदा अब कांग्रेस प्रतिपक्षमा बस्न बाध्य देखिन्छ। जो संसदीय दलको नेता उही प्रदेशको मुख्यमन्त्री हुने मान्यताका कारण एकै गुटका नेताहरुबीचमा पनि निर्वाचन गर्ने सहमती भएको थियो। बागमती प्रदेश सभामा कांग्रेसले ३७ सिट जितेको छ।

हेटौंडा /  बागमती प्रदेशमा बजेट बनाउने बेला आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामालाई चार मन्त्रालयको बोझ थपिएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहनु भएका मन्त्री लामाले आफ्नो पार्टीले पाउने मन्त्रालयको टुङ्गो नलगाउँदा हैरानी खेप्नु परेको छ । चार वटा मन्त्रालयको बोझ बोक्नु भएका मन्त्री लामाले यो बजेट बनाउने समयमा कहिले काठमाण्डौं त कहिले हेटौंडा गर्ने र मन्त्रीको नाम टुङ्गो नलगाउँदा थप समस्या भएको छ ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चलाखीपूर्ण तरिकाले कांग्रेसको भागमा पर्ने मन्त्रालय लामालाई दिएपछी उहाँ थप दबाबमा पर्नु भएको छ । मुख्यमन्त्रीको कार्यालयसहित बागमती प्रदेशमा जम्मा ११ वटा मन्त्रालयको व्यवस्था छ । तर, हालसम्म मन्त्री भने ६ जना मात्रै छन् ।

गत २५ पुसमा मुख्यमन्त्री नियुक्त भएका शालिकराम जमरकट्टेलले मुुख्यमन्त्रीको कार्यालयसहित तीनवटा मन्त्रालय आफैंले सम्हान्ु भएको छ । उहाँको भागमा श्रम, रोजगार तथा यातायात र कृषि तथा पशुपन्छी विकासको पनि जिम्मेवारी छ ।

त्यस्तै सत्ता घटकमध्यको ठूलो दल नेपाली कांग्रेसबाट पार्टी नेतृत्व गर्दै आर्थिक मामिला तथा योजना मन्त्री भएका बहादुरसिंह लामाले चार वटा मन्त्रालयको बोझ उठाइरहनु भएको छ । कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेता समेत रहेका लामालाई मुख्यमन्त्री जमरकट्टेलले गत सोमबार थप तीन मन्त्रालयको जिम्मेवारी दिनु भएको थियो ।
उहाँलाई आर्थिक मामिला तथा योजना मन्त्रालयसँगै पर्यटन, उद्योग तथा सहकारी, वन तथा वातावरण र स्वास्थ्य पनि जिम्मेवारी थपिएको छ ।

मुख्यगरी सत्तारुढ दलहरुबीच मन्त्रालयको संख्यामा भागबन्डा नमिल्दा लामो समयदेखि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । केन्द्रमा नेकपा एमाले र माओवादीबीच सत्ता समीकरण बनेपछि बागमती प्रदेशमा पनि त्यसै अनुसार सरकार निर्माण भएको थियो । एमालेको सहयोगमा २५ पुसमा माओवादी केन्द्रका नेता जमरकट्टेल मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।

तर, केन्द्रमा पहिलेको सहमति भत्किएपछि त्यसको प्रभाव बागमतीमा पनि पर्‍यो । त्यस अनुसार बागमती सरकारबाट एमाले बाहिरियो भने कांग्रेसको प्रवेश भएको थियो । जमरकट्टेलले पहिलो पटक विश्वासको मत लिंदा नै मत दिएको नेपाली कांग्रेस २६ चैतमा सरकार सहभागि भएको थियो । कांग्रेसका तर्फबाट बहादुरसिंह लामा आर्थिक मामिला तथा योजनामन्त्री र तीर्थ लामा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री नियुक्त हुनु भएको थियो l

त्यसयता मन्त्रिपरिषदमा कांग्रेसका अन्य सदस्य थपिन सकेका छैनन् । कांग्रेसले ६ वटा र एकीकृत समाजवादीले २ वटा मन्त्रालयको दाबी गरेका छन् । माओवादीले भने मुख्यमन्त्रीसहित चार मन्त्रालय लिएको छ । माओवादीबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून, कुमारी मोक्तान समाजिक विकास र युवराज दुलाल भौतिक पूर्वाधार मन्त्री हुनुहुन्छ।

प्रतिक्रिया