हेटौंडामा बोलेरोको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

पालिका डायरी
३ जेष्ठ २०८०
accident

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, नमुना चोकस्थित भित्री सडकखण्डमा आज बिहान बोलेरो पिक–अप गाडीले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय सुमि डिङ्डुङको छोरा दुई वर्षीय समर लो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

बुधबार बिहान सिमलटारबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ च १५९७ नम्बरको बोलेरो गाडिले ठक्कर दिदा समर घाइते भएका थिए । उनको उपचारका लागि हेटौंडा अस्पताल ल्याईएकोमा बिहान पौने ८ बजे डाक्टरले मृत घोषणा गरेको प्रवक्ता कार्की बताए । गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।

प्रतिक्रिया
accident