हेटौंडामा ३० औं मदन आश्रीत स्मृति दिवस मनाइयो

पालिका डायरी
३ जेष्ठ २०८०, ११:०१

हेटौंडा /  ३० औं मदन आश्रीत स्मृति दिवस मकवानपुरमा स्मृति सभा तथा सहयोग हस्तान्तरण गरि मनाईएको छ ।

मदन भण्डारी फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा फाउन्डेसनका केन्द्रिय सदस्य एबम बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीहरुले सहिद स्मारकमा रहेको जननेता मदन भण्डारीको प्रतिमामा माल्यार्पण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीलाई सधै सम्झिरहने बताउनुभयो ।

उहाले नेकपा एमाले सङ्गै अरु पार्टीहरु पनि मदन भण्डारीको पथमा लागेको बताउनुभयो । जननेता भण्डारीले नबिन सिद्धान्त प्रतिपादन गरि नया सोच र नयाँ बिचारलाई स्थापित गराएर कम्युनिस्ट आन्दोलनमा परिबर्तन भएको उहाको भनाई छ । अहिले कम्युनिस्ट आन्दोलन चुनौतीपूर्ण रहेको भन्दै संकटमा पछि नहटी सामाना गर्न सके मदन भण्डारी प्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । जननेता मदन भण्डारी र कुशल सङ्गठक जिबराज आश्रीतबाट सबैले प्रेरणा लिनुपर्ने उहाँले बताउनुभयो ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई जीवन र सामाजिक परिवर्तनमा मदन भण्डारी ठूलो योगदान रहेकोले उहाँले देखाएको बाटो सबैले हिड्न आवश्यक रहेकोमा जोड दिनुभयो । नेकपा एमाले केन्द्रिय सदस्य रामेश्वर रानाले नेपाली जनताको चेतना स्तर उकास्न मदन- आश्रीतको योगदानलाई भुल्न नहुने भनाई राख्नुभयो। मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तलाई पछ्याउँदै नेपालका कम्युनिस्ट पार्टीहरु हिडिरहेको उहाँको भनाई छ । उहाँले सन्सारमा कम्युनिस्ट आन्दोलन कमजोर भएको अवस्थामा मदन भण्डारीले यसलाई नेपालमा स्थापित गरेको स्मरण गर्नु भयो । कुशल सङ्गठक जिबराज आश्रीत सदैव जिवन्त रहने उहाको भनाई थियो ।

यस्तै बागमती प्रदेश सभा सदस्य तथा नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष एकालाल श्रेष्ठले उहाँहरुले देखाएको समाजवादको यात्रा अहिले कम्युनिस्ट पार्टीहरुले गरीरहेको बताउनुभयो । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई सबैले अङ्गिकार गर्न जरुरी रहेको श्रेष्ठको भनाई छ। यस्तै स्मृति दिवसका अवसरमा मामाघर नेपाललाई नगद सहयोग गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पौडेलले मामाघार नेपालका संरक्षक अर्पण पराजुलीलाई ११ हजार १ सय ११ हस्तान्तरण गर्नुभयो । हाल मामाघरले २०३ जनाबलालिका उद्दार र पारिवारिक मिलन गराएको छ ।

प्रतिक्रिया
345873279_6453002908055705_758049253777268535_n