हेटौंडामा हेटौंडा कृषि बजारको सुरुवात हुँदै : स्टल बुकिङ खुल्ला

पालिका डायरी
२ जेष्ठ २०८०
हेटौंडामा हेटौंडा कृषि बजारको सुरुवात हुँदै : स्टल बुकिङ खुल्ला

हेटौंडा /  मकवानपुरको हेटौंडा बजारमा हेटौंडा कृषि बजारको सुरुवात हुने भएको छ ।

त्रिवेणी भेजिटेबल मल्टी प्रालिद्धारा सञ्चालित हेटौंडा कृषि बजारको अहिले धमाधम संरचना बनिरहेको छ । हेटौंडा बजारको मेनरोड, हेटौंडा–४ स्थित नारायणी मलको उत्तरी साइडको ७ कठ्ठा जमिन भाँडामा लिएर कृषि बजार सञ्चालनमा ल्याउन लागेको सञ्चालक सदस्य अभ्यास भुजेलले जानकारी दिए ।

६ जना युवाहरुकोे ३ करोड लगानीमा हेटौंडा कृषि बजार सञ्चालनमा ल्याउन लागेको उनले बताए । उनका अनुसार यो बजारमा कृषि सामाग्री मात्रै नभएर घरायसी सम्पूर्ण सामान एकै ठाउँमा पाउने गरि बजार खुल्न लागेको हो । ‘यहाँ तरकारी पसल, किराना पसल, भाडाकुँडा देखि खाजाघर तथा घरायसी सम्पूर्ण समानको स्टल रहनेछ,’ भुजेलले भने। व्यवस्थीत बजार बनाएर हेटौंडाका मानिसहरुलाई सबै सामान एकैठाउँमा उपलब्ध हुने सुविधा सहित कृषि बजार सञ्चालन गर्न लागेको उनको भनाई छ।

हेटौंडा बजार क्षेत्रमा अव्यवस्थित तरकारी बजारको सही व्यवस्थापन गराउन र नगरपालिकाले हरित नगरी, सफा नगरी बनाउने योजनामा अघि बढीरहेको अवस्थामा हातेमालो गर्न सकिन्छ भन्ने उद्देश्यका साथ हेटौंडा कृषि बजारको अवधारणा बनेको अर्का सञ्चालक सदस्य राजीव गोलेले बताए । बिदेश जान लागेको हामी युवाहरु मिलेर यही स्वदेशमा केही गर्न सकिन्छ भनेर यो योजना बनाइएको हो, गोलेले भने । यसअघि, ६ जनाको टिमले चितवनको तरकारी बजार र काठमण्डौँको बल्खु तरकारी बजारको बारेमा अध्ययन गरेका थिए ।

१७५ वटा स्टलहरु बन्ने र १० फिटको बाटो तथा आकर्षक पार्किङको व्यवस्था पनि गरिएको छ । स्टल बुकिङका लागि व्यापारीलाई आव्हान गर्दै सञ्चालक भुजेलले एउटा स्टलको ६ देखि ८ हजारसम्म सहुलियत दरमा भाडा तोकिएको बताए । बैशाख ५ गतेबाट संरचना बनाउन सुरु गरेको र जेठ मसान्तसम्म संरचना बनाइसक्ने सञ्चालकहरुको योजना छ । असारको पहिलो हप्ता उद्घाटन गरेर हेटौंडा कृषि बजार सञ्चालन गर्ने योजना रहेको सञ्चालक समूहको दाबी छ ।

 

 

प्रतिक्रिया