काभ्रेको पनौतीमा सहकारी लुट्ने मकवानपुरका दुई जना भरुवा बन्दुक सहित पक्राउ

पालिका डायरी
१ जेष्ठ २०८०, १५:०१
हिरासत फोडेर भागेकामध्ये एक जना पक्राउ

हेटौंडा / काभ्रेको पनौतीमा एक सहकारी संस्थाबाट ३३ लाख लुटेर फरार भएका दुई जना मकवानपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर ईन्द्रसरोवर गाउँपालिका–५ बस्ने ३० बर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकबर लामा रहेका छन् ।

उनीहरुलाई मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नं.५ मघुवनमा लुकिछिपीमा बसिरहेको अवसथामा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार रुम्बा र लामाले गत बैशाख १७ गते काभ्रे पनौती नगरापालिका वडा नं. ७ स्थित रहेको पनौती सामुदायिक सहकारी संस्थाबाट ३३ लाख चोरी गरेर फरार भएका थिए । प्रहरीले खोजतलास गर्दै जाने क्रममा १५ दिनपछि चोरीमा संलग्न रुम्बा र लामालाई पक्राउ गरिएको प्रवक्ता कार्कीले बताए ।

विशेष सुचनाको आधारमा सोमबार तालुक इलाका प्रहरी कार्यालय पनौती काभ्रेको र जिल्ला प्रहरी कार्यालय मकवानुरको संयुक्त प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ५ लाख ४५ हजार , १ थान एक नाले भरुवा बन्दुक र १ थान रड बरामद समेत गरिएको उनले बताए ।

प्रतिक्रिया