भ्रष्टाचारमा ५ वर्षे हदम्याद राख्ने प्रस्ताव विरुद्ध नेविसंघको प्रदर्शन

पालिका डायरी
१ जेष्ठ २०८०

नेपाल विद्यार्थी संघले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्ने प्रस्ताव विरुद्ध प्रदर्शन गरेको छ ।

नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्णको नेतृत्वमा सम्पत्ति हिनामिना बाहेकमा पाँच वर्षे हदम्याद लाग्ने विधेयकको विरोधमा नेविसंघले नयाँ बानेश्वरमा प्रदर्शन गरेको थियो । उक्त विधेयक संसदमा विचाराधीन छ । विरोधका क्रममा निषेधित क्षेत्र प्रवेश गर्न लागेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

‘भ्रष्टचारमा पाँच वर्षे हदम्याद राख्ने प्रस्ताव विरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेर सक्ने फर्कने क्रममा प्रहरीले हस्तक्षेप गर्‍यो’, नेविसंघका पूर्व अध्यक्ष कर्णले भने । प्रहरीसँग धकेलाधकेल हुँदा दुई जनालाई चोट लागेको लागेको छ । प्रहरीले प्रेमिका रानामगरलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीसँगको धकेलाधकेलमा धर्म शाही र हिक्मत शाहीलाई चोट लागेको संघका नेता भुवन भट्टले जानकारी दिए । उनीहरुको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
NSU-Protest2-1024×638