धादिङमा गुडिरहेको बसमा आगलागी

पालिका डायरी
३० बैशाख २०८०

त्रिभुवन राजपथ अन्तर्गत धुनिवेशी नगरपालिका – ९ गणेशस्थानमा गुडिरहेका बसमा आगलागी भएको छ ।

धादिङको खाल्टेबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख ४८४७ नम्बरको यात्रुबसमा धुनिबेशी नगरपालिका ९ कानाकोटमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए ।

तेत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसको सिट भने जलेर नष्ट भएको छ । बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ। धुनिवेशी नगरपालिकाको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया
bus-aagalagi_QjqZR8qjVm