जनताले छाम्दा भेटिने हेर्दा देखिने गरि काम गर्छौ : उपाध्यक्ष श्रेष्ठ

पालिका डायरी
२९ बैशाख २०८०, १८:२९
जनताले छाम्दा भेटिने हेर्दा देखिने गरि काम गर्छौ : उपाध्यक्ष श्रेष्ठ

राम कुमार दानी

 

हेटौंडा / भीमफेदी गाउँपालिकाले अहिले यस आर्थिक वर्षमा गरेका कामको अनुगमनलाई तिब्रता दिएको छ । कतै पालिका अध्यक्ष कतै उपाध्यक्ष सहितको विषयगत शाखाको प्रमुखहरु अनुगमनमा निस्किएका छ्न् ।

आर्थिक बर्षको अन्तिम हुँदैगर्दा गाउँपालिकाले अनुगमनलाई प्राथामिकता दिएको भीमफेदी गाउँपालिकाको उपाध्यक्ष सन्जिव श्रेष्ठले बताए । उनले अहिले पहिलो चरणमा भीमफेदी गाउँपालिकाको न्यायिक समितिको मातहतमा रहेको स्थानीय मेलमिलाप केन्द्रको अनुगमन गरिएको बताए । उपाध्यक्ष श्रेष्ठले जनताले छाम्दा भेटिने हेर्दा देखिने र दुबै पक्षको जित हुने स्थानीय मेलमिलाप केन्द्रको भौतिक अवस्था र चुनौतिहरु के–के छन भनेर अनुगमनमा निस्केको बताए । उनले बैशाख २५, २६ र २७ गते तालिकानै बनाएर भीमफेदि गाउँपालिकाको नौं वटै वडामा रहेको स्थानीय मेलमिलाप केन्द्रहरूको संयोजकसङ्ग केन्द्रमै पुगेर समस्या र चुनौतिको बारेमा जानकारी लिएको बताए ।

अहिले सन्चालनमा आइरहेको संविधानले नै अधिकार दिएर गाउँ गाउँमा स्थापना गरिएको स्थानीय मेलमिलाप केन्द्रले स्थानीय स्थरमा भए गरेका सानातिना समस्याहरुलाई दुबै पक्षलाई राखेर दुबै पक्ष्को सहमतिमा गरिने मेलमिलापले सब्य समुदायको परिचय दिइरहेएको बताए । स्थानीय मेलमिलाप केन्द्रलार्इ अझ सब्य, भब्य र व्यवस्थित बनाएर लैजान के गर्नुपर्छ भन्ने अध्यन भैरहेको उपाध्यक्ष श्रेष्ठ बताउछ्न ।

प्रहरी चौकी अदालत नगई दुबै पक्ष्को सहमतिमा समाधान हुने विवादहरु स्थानीय स्थरमै मेलमिलाप गराएर समस्याको समाधान हुने गरेको भीमफेदी गाउँपालिका न्यायिक शाखाकी कल्पना दुलाल बताउछिन् उनी भन्छिन अहिले अनुगमन गर्दा भीमफेदिको केही स्थानीय मेलमिलाप केन्द्रहरु भौगोलिक अबस्थाले गर्दा सोचेजस्तो प्रगती आएको छैन । अरु सबै स्थानीय मेलमिलाप केन्द्रहरु सोचेअनुरुप अगाडि बढेको बताइन दुलालका अनुसार आगामी वर्षभित्र पालिकामा रहेका सबै स्थानीय मेलमिलाप केन्द्रलार्इ भौतिक पुर्वाधार देखि सबैकुराले चुस्त दुरुस्त बनाउने पालिकाको योजना रहेको बताइन् । अनुगमन टोलिमा न्यायिक समितिका सदस्यहरु रिता कुमारी मगर र उदय प्रसाद हटुवालको पनि सहभागिता रहेको थियो ।

अनुगमनको अवसरमा भीमफेदि गाउँपालिकाका उपाध्यक्ष सन्जिव श्रेष्ठले र्इपा देउराली देखि र्इपा किटिनीसम्म सल्याब सहित पक्की हुँदै गरेको मोटर बाटो र श्री पन्चकन्या माध्यमिक बिद्यालयको निरीक्षण तथा अनुगमन गरेका छ्न् । उनले अनुगमना देखियको समस्यालार्इ पालिकामा बसेर समाधान गर्ने जानकारी दिए । अनुगमनकै क्रममा श्री पन्चकन्या माध्यमिक बिद्यालय पुगेका उपाध्यक्ष श्रेष्ठले आफु चुनावमा मात्र पाटी हेर्ने र अहिले समग्र जनताको जनप्रतिनिधि भएकोले सबै जनताको हितहुनेगरी काम गर्ने बताए । उनले शिक्षकहरुलार्इ कुनै राजनितीक दलको प्रलोभनमा नपरि काम गर्न अग्रह गर्दै बिद्यालयको प्रधानाध्यापक सुरेश कुमार ठकुरिलार्इ बिद्यालयको अति आवश्यक रहेको विषयलाई पालिका स्तरिय बैठकमा लैजान सुझाप दिए । प्रधानाध्यापक ठकुरिले अब क्रमबद्द रुपमा शैक्षिक सुधार गरेर लैजाने बताए ।

प्रतिक्रिया