कालिका माविको ६२ औं वार्षिक अभिभावक भेला तथा शिलालेख समुद्घाटन सम्पन्न
हेटौंडा / मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ४ फाखेलमा रहेको श्री कालिका माध्यमिक विद्यालय को ६२ औं वार्षिक अभिभावक भेला तथा शिलालेख समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बिहिबार विद्यालय प्राङ्गणमा भएको हो।
संघीय सांसद तथा नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनविर स्याङ्तानको सभाअध्यक्षतामा भएको हो।
कार्यक्रममा विद्यालय उत्तोरउन्नोती तथा छात्रावास निर्माण उदेश्यले गत चैत्र २३ गतेदेखि २९ गते सम्म आयोजना भएको बृहत धार्मिक मेलाको आय व्यय समेत प्रस्तुत गरिएको थियो । यस्तै कार्यक्रममा विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत समेत प्रस्तुत गरिएको थियो भने धार्मिक मेलामा १० हजार रुपैंया भन्दा बढि दान गर्ने दानवीर दाताहरुको नाम लेखिएको शिलालेखको समुद्घाटन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथी सांसद बर्तौलाले उक्त शिलालेखको उद्घाटन गरेका हुन्।
इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको विशिष्ट आतिथ्यता रहेको थियो । यस्तै समाजसेवी इन्द्रबहादुर तामाङ, महन्तबहादुर महर्जन, सुरजकुमार तामाङ, आशिश अस्लामी मगर, कुलानन्द झा लगाएतको आतिथ्यता रहेको थियो भने विभिन्न् संघ संस्थाका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो।