“कानूनको सर्बोच्चता” विषयक बक्तृत्व कलामा जेनिथकी छात्रा अभिप्सा पौडेल प्रथम

पालिका डायरी
२७ बैशाख २०८०, १८:०९

हेटौंडा । जिल्ला अदालत बार एशोसियशन मकवानपुरले ७१ औँ कानून दिवसको अवसरमा “कानूनको सर्बोच्चता” विषयक जिल्ला स्तरीय बक्तृत्व कला प्रतियोगिता आयोजना गरेको छ ।

कानुन विषय अध्ययन गरिरहेका सिद्धार्थ, निर्मल र जेनिथ इन्टरनेशनलका ७ बिद्यार्थीले प्रतियोगितामा सहभागीता जनाएका थिए । प्रतियोगीतामा जेनिथ इन्टरनेशनल स्कुलकी छात्रा अभिप्सा पौडेल प्रथम, सिद्धार्थ माविकी छात्रा प्रेक्षा चिमल्सिना द्वितीय निर्मल माबीकी छात्रा विप्सरा थापा तृतीय र निर्मल माबी की निर्जला भट्टराईले सान्त्वना पुरस्कार जितेका छन् ।

जिल्ला बार एशोशियशन मकवानपुरकी अध्यक्ष अप्सरा बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अदालत मकवानपुरका न्यायधिश ऋषिराम निरौलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा न्यायधिश श्री प्रसाद सन्जेल, बरिष्ठ अधिबक्ता केशब प्रसाद काफ्ले, उच्च अदालत बार एशोसियशनका उपाध्यक्ष हरी भट्ट, लगायतको आतिथ्यता रहेको थियो । प्रतियोगितामा बरिष्ठ अधिबक्ता केशव काफ्ले अधिबक्ताहरु मदन दाहाल, ईश्वरी अधिकारीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रतिक्रिया