दुग्ध विकास बोर्ड हेटौंडाद्धारा आगामि आर्थिक वर्षको लागि योजना तर्जुमा कार्यक्रम सम्वन्धि छलफल

पालिका डायरी
२७ बैशाख २०८०, १८:०५
दुग्ध विकास बोर्ड

हेटौंडा / प्रदेश दुग्ध विकास बोर्ड हेटौंडाद्धारा आगामि आर्थिक वर्ष २०८०/०८१ को लागि योजना तर्जुमा कार्यक्रम सम्वन्धि छलफल गरेको छ । बुधवार कृषि तथा पशुपन्छी विकास मन्त्रालय वाग्मती प्रदेश अन्तर्गत प्रदेश दुग्ध विकास बोर्डले हेटौंडामा कार्यक्रम गरेको हो ।

कार्यक्रममा वाग्मती प्रदेशका १३ वटै जिल्लाका दुग्ध सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागि भएका सहकारीका प्रतिनिधिहरुले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि कृषि क्षेत्रमा किशानहरुलाई उत्साहित बनाउने योजनाहरु ल्याउन आग्रह गरेका थिए । हाल प्रदेशका सबै जिल्लाका गाईबस्तुमा देखिएका लम्कि स्कीनका कारण दुध उत्पादनमा ८० प्रतिशत ह्रास ल्याउन सक्ने भन्दै त्यसलाई रोक्न खोप ल्याउन समेत आग्रह गरिएको थियो । दुग्ध सहकारीका प्रतिनिधिहरुले दुध उत्पादनको अवस्थाका बारेमा हेरेर दध जोन घोषणा गरि अभिबृद्धि कार्यक्रम ल्याउन समेत सुझाव दिएका छन् ।

गाईभैंसी पाल्ने किशानहरुलाई उत्पादनमा उकास्ने खालनका कार्यक्रमहरु ल्याउनदेखि गोठमै पुगेर गाईवस्तुको उपचार गर्ने कार्यक्रम र खाद्यवस्तुको मुल्य निर्धारण गर्नसमेत आग्रह गरेका छन् । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव शरण कुमार पाण्डेले दुग्ध सहकारीका प्रतिनिधिहरुले उठाएका विषयवस्तुलाई मसिनो ढंगबाट छलफल गरेर उत्पादन गर्ने कुरामा मन्त्रालयको तर्फबाट आफुले मुख्यमन्त्रीसँग छलफल गरिरहेको जानकारी दिए ।

सचिव पाण्डेले प्रदेश सरकारले भौतिक भन्दा पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर निति तथा योजनाहरु ल्याउन आग्रह गरेको बताए । उनले भौतिक विकाससँगे कृषि पनि उत्तिकै महत्वपुर्ण भएको हुँदा आगामि वर्षमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर योजना ल्याउन आफुले पहल गरिरहेको बताए । कार्यक्रममा प्रदेश दुग्ध विकास बोर्ड हेटौंडाका निमित्त निर्र्देशक डा।सन्जिता ज्ञवालीले चालु आवमा गरेका कामहरुको प्रस्तुतिकरण गरेका थिए ।

प्रदेश दुग्ध विकास बोर्ड हेटौंडाका उपाध्यक्ष टिका बल्लभ सापकोटाको सभाध्यक्षता भएको कार्यक्रममा केन्द्रिय सहकारी दुग्ध सहकारी संघका अध्यक्ष अमर बहादुर कुवर ,दुग्ध विकास बोर्ड संस्थानका आयोजना प्रमुख नविन शर्मा , कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशुपन्छी विकास महाशाखाका प्रमुख डा।निशान शर्मा लगायतको सहाभागिता रहेको थियो ।

प्रतिक्रिया
दुग्ध विकास बोर्ड