हेटौँडा आएर भट्टराईले भने “ललिता निवासको छानविन म बाट सुरु गर्नुस”

पालिका डायरी
२४ बैशाख २०८०, १७:५०
हेटौँडा आएर भट्टराईले भने “ललिता निवासको छानविन म बाट सुरु गर्नुस”

हेटौँडा /  नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफुमाथि लाग्ने गरेको ललिता निवास जग्गा प्रकरणको छानविन आफैबाट सुरुगर्न सरकारलाई अनुरोध गरेका छन् । भ्रष्ट्राचारको विषयमा आफु कठोर रहेको भन्दै आफुमाथि लाग्ने गरेको आरोप पुष्टि नहुने दाबी गरे ।

नेपालमा हाल सुरु भएको नक्कली भुटानी शरणार्थीका दोषीहरुलाई कानुनी कारबाही गर्नबाट रोक्न नहुने भन्दै उनले भ्रष्ट्राचारको सबालमा सरकार कमजोर बन्न नहुने बताए । नेपालमा निरन्तर भैरहने सत्ता परिवर्तनको खेलको कारण जनातामा निराशा छाएको भन्दै उनले प्रतक्ष निर्वाचित प्रधानमन्त्री सहितको ब्यवस्था आवश्यक भएको उल्लेख गरे । अहिलेको शासकीय ब्यवस्थाले कुनै दलको बहुमत नआउने हुँदा यो शासकीय ब्यवस्थालाई परिवर्तन गरेर स्थायी सरकार निर्माण गरि देशलाई समृद्ध बनाउनुपर्ने समय आएको बताए ।

उनले केन्द्रमा सत्ता परिवर्तन हुँदा प्रदेश सरकार पनि परिवर्तन हुन नपर्ने भन्दै प्रदेशलाई स्वायत्त भएर काम गर्न दिए मात्र संघियताको अनुभुती हुने बताए । केन्द्रमा सत्ता परिवर्तन हुँदा प्रदेशमा पनि सत्ता परिवर्तन हुनुले जनतामा निरासा उत्पन्न हुने समेत उनको भनाई रहेको छ ।
नेपालको परिवर्तमा उल्लेख्य भूमिका खेलेका दलहरुले अब जनजीविकाको विषयमा काम गर्नुपर्ने भन्दै उनले आजकल केहि प्रतिगामी शक्तिहरुले परिवर्तनको विरोधमा भ्रम छर्न थालेको उल्लेख गरे ।

प्रतिक्रिया