स्वास्थ्य निर्देशनालय हेटौंडाद्वारा एउटै प्रकृतिको सामान खरिदमा फरक लागत अनुमान तयार, मिलेमतोमा ठेक्का

पालिका डायरी
२१ बैशाख २०८०, ११:१७

हेटौंडा / बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालय हेटौंडाले एउटै प्रकृतिको सामान खरिदमा फरक फरक लागत अनुमान तयार गरी ठेक्का दिइएको पाइएको छ । दिइएको ठेक्का पनि मिलेमतोमा दिइएको पाइएको हो ।

निर्देशनालयले हेमोडायलासिस मेसिन खरिदको काममा एउटा ठेक्काको लागत अनुमान २ करोड ६४ लाख ६१ हजारको लागत अनुमान तयार गरिएको र त्यो ठेक्का २६ दशमलब २१ प्रतिशत घटीमा सम्झौता गरिएको छ । तर, त्यही प्रकृतिको सामान खरिदमा ३ करोड ४३ लाख ४४ हजार रुपैयाँ लागत अनुमान तयार गरी ठेक्का आवहान गरिएको महालेखा परिक्षकको कार्यालयले हालसालै सार्बजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

यो ठेक्का भने मिलेमतोमा ११ दशमलब ५१ प्रतिशत घटिमा मात्र ठेक्का संझौता गरेर सामान दाखिला गरिएको छ । सरकारी फरक लागत अनुमान तयार गरी आवहान गरिएको ठेक्का एउटै कम्पनिलाई मिलेमतोमा दिइएको यहाँकै कर्मचारीले आरोप लगाएका छन् ।

दुइ वटा एउटै प्रकृतिको सामान खरिदको ठेक्कामा फरक लागत अनुमान तयार गरेर एउटै कम्पनिलाई ठेक्का दिएको उपयुक्त नदेखिएको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाको प्रतिवेदन यस्तो छ ।

प्रतिक्रिया