हेटौंडा आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

पालिका डायरी
२१ बैशाख २०८०
accident

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा मोटराइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

बुधबार साँझ काठमाडौंबाट हेटौंडा आउँदै गरेको बागमती प्रदेश ०२०२० प ४२३७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित हुँदा सडकबाट अन्दाजी दुई सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक बाराको प्रसौनी नगरपालिका-५ बस्ने २५ वर्षीय लालबाबु सहनी मलाहाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, मोटरसाइकलको पछाडी सवार एकजना आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

बाराको प्रसौनी नगरपालिका वडा नम्बर ५ का २० वर्षीय गोरख भन्ने रविन्द्र मण्डलको शव फेला परेको हो । शवलाई हेटौंडा अस्पताल ल्याइने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
accident