राष्ट्रपतिद्वारा मिटरब्याज समस्या समाधान गर्ने अध्यादेश जारी

पालिका डायरी
२० बैशाख २०८०
राष्ट्रपतिद्वारा मिटरब्याज समस्या समाधान गर्ने अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पाैडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्‍यादेश २०८० जारी गर्नुभएकाे छ । आज बुधवार राष्ट्रपति पाैडेलले याे अध्यादेश जारी गर्नुभएकाे हाे ।

मङ्गलवार बसेकाे मन्त्रिपरिषद्काे बैठकले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएकाे थियाे । त्यही अध्यादेशलाई राष्ट्रपतिले आज जारी गर्नुभएकाे हाे । सरकारले मिटरब्याज अनुचित लेनदेन भन्दै मिटरब्याजीलाई कारबाही गर्ने गरी अध्यादेश ल्याएको हो ।

यो अध्यादेश जारी भएसँगै अब मिटरब्याजीलाई कारबाही गर्ने बाटो खुल्ने भएकाे छ । मिटरब्याज पीडितले मिटरब्याजीलाई कारबाही हुनुपर्ने र आफूहरूलाई न्याय मिल्नुपर्ने भन्दै आन्दोलन गरेपछि सरकारले कारबाही गर्ने सहमति गरेको थियो ।

प्रतिक्रिया