दार्चुला हिमपहिरोमा बेपत्ता ५ मध्ये ३ जनाको शव फेला, बाहिर निकाल्ने प्रयास हुँदै

दार्चुलाको ब्याँस गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा मंगलबार गएको हिमपहिरोमा बेपत्ता ५ मध्ये ३ जनाको शव फेला परेको छ।
सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्मबाट छाङरुका लागि खटिएको टोलीले शव फेला पारेको हो। शवलाई बाहिर निकाल्ने प्रयास भइरहेको सहप्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार दुहु गाउँपालिका पोक्सेका १८ वर्षीय प्रविण कुँवरको शव पहिचान भएको छ। अझैँ दुई महिलाको शव सनाखत हुन बाँकी छ।उद्धारका लागि डीएसपी इश्वरीदत्त भट्टको कमान्डमा २१ जनाको टोली गएको थियो।
मंगलबार दिउँसो भोलुम डाँडामा गएको हिमपहिरोमा यार्सागुम्बा संकलन गर्न गएका १२ जना बेपत्ता भएका थिए। जसमध्ये ७ जनाको सुरक्षाकर्मीले मंगलबार उद्धार गरेको थियो।
२ महिला अझैँ बेपत्ता रहेकोमा उनीहरूको खोजी कार्य भइरहेको डीएसपी थापाले जानकारी दिए।

प्रतिक्रिया