अमेरिकामा एकैसाथ ठोक्किए ७० गाडी : ६ जनाको मृत्यु, ३५ घाइते

पालिका डायरी
१९ बैशाख २०८०
अमेरिकामा एकैसाथ ठोक्किए ७० गाडी : ६ जनाको मृत्यु, ३५ घाइते

अमेरिकाको इलोनोइस राज्यमा एकै साथ ७२ सवारी साधन ठोक्किएको छ। गाडी र कार एकमाथि अर्कोमा चढेपछि भएको घटनामा परी कम्तीमा ६ जनाको ज्यान गएको छ।

धुलोसहितको तुफानी हावाका कारण सोमवार यस्तो भएको इलोनोइसका अधिकारीहरुले जनाएका छन्।

इन्टेरस्टेट हाइवेमा बिहान ११ बजेतिर भएको उक्त घटनामा ४० कारसहित कमर्सियल गाडीहरु एकापसमा ठोक्किएका थिए। घटनामा परी ३७ जना घाइते भएका छन्। घाइते भएकाहरु २ वर्षेदेखि ८० वर्ष पुगेकाहरु छन्। उनीहरु सबैलाई अस्पताल भर्ना गरिएको त्यहाँको प्रहरीले जनाएको सिएनएनमा उल्लेख छ।

घटना भएकोबेला ७० किलोमिटर प्रतिघण्टाको रफ्तारमा तुफानी आँधी चलेको थियो। खेतको माटो उक्त आँधीमा मिसिएपछि भिजीबिलीटी कम हुँदा गाडी नियन्त्रणबाहिर गएको बताइएको छ।  त्यसपछि एकमाथि अर्को गाडी पुगेको थियो। घटनाका कारण सेन्ट लुइसदेखि १२० किलोमिटर नर्थ मोन्टगोमरी काउन्टीसम्म बाटो बन्द गरिएको थियो।

प्रतिक्रिया