रानी भन्ज्याङ देखि भीमफेदी सम्म छोटो बाटो बन्यो स्थानीय दङ्ग

हेटौंडा / भीमफेदी गाउँपालिका आउन ४५ किलोमिटरको दुरी पार गरी आउनुपर्ने स्थानीयले अब १८ किलोमिटरको सडक प्रयोग गरेर भीमफेदी गाउँपालिका पुगिने भएको छ ।
गाउँपालिका सम्म पुग्ने छोटो बाटो बनेपछि स्थानीयहरु दङ्ग परेका छ्न । भीमफेदी गाउँपालिकले करिब ६ करोडको लगानीमा भैसे भीमफेदी सडक खण्डको रानीखोलावाट भित्री रानीखोला धामी डाँडा निङ्गाले हुदै बाइरोडको बाटो अन्तर्गत रानीभन्ज्याङ अघोर सम्म सडकको ट्र्याक जोडिएको छ ।निङ्गाले रानी भञ्ज्याङ् खण्ड को थप स्तरोन्नती गरेपछी यो सडकबाट भीमफेदी गाँउपालिका वडा नम्बर ९ ,२ र ४ का बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छ्न ।
अहिले नयाँ खोलिएको ९ किलोमिटर ट्रयाक मध्य लगभग ३ किलोमिटर स्ल्याब र पक्की नाली निर्माण सम्पन्न भैसकेको भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामाले बताए उनले पालिकाको सबै क्षेत्रबाट पालिका सदरमुकाम भीमफेदी आउन सवै जनतालाई सहज बनाउने मनस्थितिले सबै वडाबाट बडिमा डेढ घन्टा भित्र पालिका सदरमुकाम भीमफेदी आइपुग्ने गरि मास्टर प्लान बनाएर काम गरिरहेको बताए ।
अध्यक्ष लामाले भने अब पालिकाको टाढा भनेको गङ्गटे छ त्यहाका जनतालाई पनि डेढ घन्टा भित्र पालिका आइपुग्ने बाटोको काम धमाधम छ। उनले दुई वर्ष भित्र सहजै पालिकाको सबै टोल समुदायबाट सुरक्षीत र छिटो आइपुग्ने बाटो बनाउने जानकारी गएर ।
अहिले ४५ किलोमिटरको बाटो १८ किलोमिटरम हिड्दा भीमफेदी गाउँपालिका पुग्न सक्दा रानी भञ्ज्याङ् अघोरका जनता गाउँ पालिका अध्यक्ष हिदम लामाको काम देखेर सन्तुष्ट सङ्गै दङ्ग परेका छ्न