थाहा नगरपालिका–७ का वडा अध्यक्ष थिङ सहित ३ जना पक्राउ, २०२ केजी गाँजा बरामद

हेटौंडा / थाहा नगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष शिवराज थिङ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको घरबाटनै प्रहरीले २०२ केजी लागू औषध गाजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताउनुभयो ।
पक्राउ पर्नेमा वडा अध्यक्ष थिङ सहित भीमलाल थिङ, इन्द्र बहादुर थिङ रहेको उहाँले बताउनुभयो । कानुनी कार्बाहिका लागि पालुङ इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।
आज बिहान ८ बजेको समयमा लागू औषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाण्डौबाट खटिएको प्रहरी टोलि र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरिक्षक उमेश प्रसाद कोईरीको कमाण्डमा खटिगएको संयुक्त टोलीले गाँजा बरामद गरेको हो । थाहा नगरपालिका–७ आग्रा बस्ने ७६ वर्षिय भिम बहादुर र ३९ वर्षिय को शिवराज र ६७ वर्षिय ईन्द्र बहादुरको घरमा लागू औषध गाँजा विक्री वितरण गर्ने उद्देश्यले लुकाई राखेको अवस्थामा प्रहरी टोलिले बरामद गरेको हो ।
भिम बहादुर र शिवराजको घरबाट ३० वटा पोकाहरुमा २७ किलो ग्राम गाँजाको धुलो र ईन्द्र बहादुरको घरबाट १० वटा बोराहरुमा १७५ किलो लागू औषध गाँजा गरी कुल जम्मा २०२ किलो लागू औषध गाँजा तथा धुलो फेला पारीएको प्रहरीले जनाएको छ ।