आगामी आर्थिक वर्षभित्र लटरम्भेश्वर महादेवको मन्दिरमा खानेपानी पुग्छ : अध्यक्ष लामा
हेटौंडा / भीमफेदी गाउँपालिकाको वडा नम्बर ८ मा पर्ने चर्चित लटरम्भेश्वर मन्दिरमा यो आर्थिक बर्ष देखि खानेपानीको सुविधा हुने भएको छ ।
आइतबार नेपाल बिधुत प्राधिकरण केन्द्रीय कार्यलयवाट थप ३८ लाख बजेट स्विकृत भइ विधुतीकरण कार्यक्रम संचालनको लागि कार्यादेश प्राप्त भएको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए । उनले उक्त विधुत वाट भीमफेदी गाँउपालिकाको ४० लाख लगानीमा झण्डै १५०० मिटर तल चिलाउने लेकबाट खानेपानी लटरम्भेश्वर महादेव मन्दिर क्षेत्रमा लिफ्टीङ गरि आषाढ मसान्त सम्म सम्पन्न हुने जानकारी दिए ।उनले पछिल्लो समय निकैनी चर्चित भएको लटारम्भेश्वर महादेवको मन्दिरमा खाने पानी नहुदा श्रदालु भक्तजनहरुलाई निकै समस्या भएकोले आफ्नो अथक मेहनतले लटारम्भेश्वर मन्दिर क्षेत्रमा खानेपानीको पहुच पुर्याउन सकेको गाउपाल अध्यक्ष लामा बताउछ्न । उनले भीमफेदी गाउँपालिकाको बगुवा बागमती पुलदेखी चिलाउने लेक सम्म गाडी चढेर आउन सकिने र तेस पछि करिब ४५ मिनेटको हिडाइ पछि लटरम्भेश्वर मन्दिर पुग्न सकिने पनि जानकारी गराए ।
संघीय राजधानी काठमान्डौ बाट ५० किलोमीटरको दुरिमा र बागमती प्रदेको राजधानी हेटौंडा बाट पनि ५० किलोमिटरको दुरिमा रहेको यस मन्दिरमा हेटौंडा बाट र काठमान्डौ बाट पनि करिब साढे दुई घन्टामा पुग्न सकिन्छ । अध्यक्ष लामाले भने उनले आफ्नो कार्यकालमा यस लटरम्भेश्वर महादेवको मन्दिरलाई भीमफेदी गाउँपालिकाको विशेष धार्मिक स्थलको रुपमा परिचीत गराई प्रमुख पर्यटकिय क्षेत्रको रुपमा बिकास गरि आन्तरिक तथा बाहिरी पर्यटकलाई यस ठाउँमा लेराउने आफ्नो प्रमुख लक्ष्य रहेको बताए । यस लटरम्भेश्वर महादेवको मन्दिरमा विशेषगरी माघे सङ्क्रान्ती र नयाँ वर्षको दिन मेला लाग्ने पनि अध्यक्ष लामाले बताए ।