मनहरीमा चोरको बिगबिगी : ग्यारेज, बिधालय पछि सहकारी चोरको निशानामा

पालिका डायरी
१७ बैशाख २०८०

पछिल्लो समय मनहरिमा चोरको बिगबिगी बढेकोछ ।

केही समय यता मनहरी ८ मा अवस्थित एक ग्यारेजमा चोरी भएको थियो । यस्तै गरि मनहरी ८ मा अवस्थित महेन्द्र किरण माध्यामिक बिधालयमा भएको चोरिको घटना सेलाउन नपाउदै मनहरी ७ रमनटारमा अवस्थित रमनटार डिपाड बचत तथा ऋण सहकारिमा चोरी भएकोछ ।

बैशाख १६ गते रातिको समयमा अज्ञात समुहले भवनको पुर्ब पट्टि रहेको झ्यालको ग्रिलमा रहेको किला निकाली प्रबेश गरि सिसि क्यामराको डि बि आर बक्स , र सहकारीको काउण्टरबाट छ हजार ८६५ रुपैया चोरी गरि लगेको सहकारीका ब्यबस्थापक बिरु नेगिले जानकारी दिनुभयो । सस्थामा चोरी भएको घटना बिहान पख मात्र थाहा पाएपछि ईलाका प्रहरी कार्यालय मनहरीलाई जानकारी गराईएको थियो । सहकारीमा चोरी गर्ने चोरले अफिस भित्रको सबै दराज तोडफोड गरि पैसा खोजिएको देखिन्छ । सिन्चाई समितिको सदस्यता शुल्क बापत उठाईएको रकम भने दराज फोरि खोजी गर्दा पनि चोरले भेट्टाउन सकेनन् ।

मनहरीमा चोरी गर्ने गिरोहको निशानामा सिसि क्यामरा

पछिल्लो समय मनहरिमा जे जति चोरिको घटना भएकाछन् ती सबै घटनामा सिसि क्यामरा उनिहरुको प्रमुख दुस्मनी भएको देखिन्छ । सिसि क्यामराबाट कसरी आफुलाई जोगाउने भन्ने राम्रो अध्ययन भएका ब्यक्तिहरु चोरिमा सामेल भएको घटना क्रमले देखाएकोछ । र कति पय सिसि क्यामराले दृश्य कैद गरेतापनी एकिन गर्न मुस्किल भएकोले सिसि क्यामरा प्रतिको भरोसा र बिश्वास जतिमात्रामा हुन पर्नेहो त्यो पाउन सकेकोछैन ।

प्रतिक्रिया
IMG_20230430_104628-1024×768