विकासकाे लागि सशक्तिकरण आवश्यक: वडा अध्यक्ष सिग्देल

हेटौंडा / हेटौंडा वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलले नगरकाे विकासमा टाेल विकास संस्थाहरूकाे भूमिका महत्वपूर्ण हुने बताउनु भयाे ।
हेटौंडा ४ स्थित पृथ्वीपथ टाेल विकास संस्थाकाे साधारण सभामा बाेल्दै वडा अध्यक्ष सिगणदेलले राजनीतिक संकिर्णताभन्दा माथी उठेर विकासलाई बुझ्नुपर्ने र यसकाे वास्तविक प्रतिनिधित्व टाेल विकास संस्थाले गर्नसक्ने र टाेल विकास संस्थाकाे परिचालनद्वारा सामाजिक अभियानमा जाेड दिनपर्ने बताउनु भयाे । उहाँले टाेल विकास संस्थाकाे परिचालनद्वारा जनतालाई शसक्तिकरण गर्न सकिने र विकासमा जनसहभागीता गराउन मदत गर्ने बताउनु भयाे ।
जनताकाे सचेतना तथा शसक्तिकरण विना विकास दिगाे र प्रभावकारी हुन नसक्ने भन्दै उहाँले टाेल विकास संस्था सशक्त हुनुपर्ने बताउनुभयाे । टाेल विकास संस्थाका अध्यक्ष चन्द्राकान्त श्रेष्ठकाे अध्यक्षतामा भएकाे साधारणसभामा टाेल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरि दाहाल, उपाध्यक्ष शान्ति श्रेष्ठ, सदस्य तथा ४ नं. वडा ईन्चार्ज उर्मिला रानाकाे उपस्थिति रहेकाे संस्थाका सचिव अर्जुन पाेखरेलले बताउनु भयाे ।