नेपाल र कुवेतबीचको खेल पानी परेर रोकियो

पालिका डायरी
१६ बैशाख २०८०
नेपाल र कुवेतबीचको खेल पानी परेर रोकियो

काठमाण्डाै / एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पानी परेर रोकिएको छ । कीर्तिपुर मैदानमा अहिले पानी परिरहेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २३ ओभर २ बलमा ३ विकेट गुमाएर १ सय ४१ रन बनाएको छ । नेपालका कुशल भुर्तेल ४३ रन बनाएर आउट भए । आसिफ शेख ३१ तथा भीम शार्कीले १ रन जोडे । अहिले रोहित पौडेल र कुशल मल्ल अविजित छन् । पौडेल ३० रन तथा मल्ल ३२ रन बनाएर खेलिरहेको अवस्थामा पानी परेको हो ।

अर्को सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएईले समूह ‘ए’ को उपविजेता ओमान मूलपानीमा खेलिरहेका छन् । आज जित्ने टोलीले उपाधिका लागि सोमवार कीर्तिपुर मैदानमा खेल्नेछन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ ।

शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

प्रतिक्रिया