भीमफेदीको महादेवटारमा नि:शुल्क आँखा शिविर सम्पन्न ९० जनाले लिए सेवा

पालिका डायरी
१५ बैशाख २०८०, २१:०८

हेटौंडा / हेटौंडा सामुदायिक आँखा  अस्पतालको सहयोगमा शुक्रबार भीमफेदी गाउँपालिका ८  नम्बर वडको महादेवटारामा एक दिने नि:शुल्क आँखा शिविर  सम्पन्न भएको छ । शुभ समाचार मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा. लि. को ब्यबस्थापनमा सम्पन्न भएको आँखा शिविरबाट ९० जना आँखाको बिरमिले सेवा लिएका छ्न ।

भीमफेदी गाउँपालिका वडा नम्बर ८ महादेवटारको श्री लटरम्भेस्वर प्रा.बि. मा सम्पन्न भएको शिविरमा  ४८ जना महिला र ४२ जना पुरुष गरि जम्मा ९० जनले सेवा लिएका हुन जस मध्य २ जना महिला र ३ जना पुरुषमा  मोतिबिन्दु समस्या देखिएको छ । मोतिबिन्दु देखिएको विरामिलाई आजै अप्रेसनको लागि हेटौंडा ल्याइएको वडा नम्बर ८ का वडा अध्यक्ष  विष्णु बहादुर भोलनले जानकारी दिए । लामाले अहिले आर्थिक मन्दी र यो गरिव परिवार बस्ने ठाउँमा  आँखा जस्तो महत्त्वपूर्ण अङ्गको नि:शुल्क  उपचार गराउन आफ्नो वडामा आएकोमा आँखा अस्पताल परिवारलाई हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनि यस्तो खाले काम गरे वडाको तर्फबाट सकेको सहयोग गर्ने बताए ।

आँखा जचाउन आएका स्थानीय झलक लामाले  भने आफ्नै गाउँमा आँखाको उपचार त्यो पनि नि:शुल्क गर्न पाउँदा असाध्यै खुसी लागेको बताए । अर्का स्थानीय बिर बहादुर बलले आगनमै बसेर आँखामा समस्या छ कि छैन भनेर थाहा पाउँदा सारै खुशी लागेको बताए । हाम्रो यस्तो  विकट ठाउँमा पनि यस्तो सेवा पाउँदा मनै देखि खुसी खुशी प्रकट गर्दै  भने बुढेस कालमा भएपनि आफ्नो गाउँ विकसित भएको महसुस गरे ।

आँखा शिविर सन्चालन्मा आएका हेटौंडा सामुदायिक आँखा अस्पतालका सुशील कुरार सिङ्ग ले शिविर सफल बनाउन अवरात्र खट्नुहुने शुभ समाचार मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा. लि., लटरम्भेस्वर प्रा.बि.का प्र.अ .भीमशेन कठायत, स्थानीय समजसेवी झलक लामा, विश्व लामा लगाएत वडा कार्यलयका  टिम र उपस्थित सबैलाई हार्दिक धन्यवाद दिदै आगामी दिनमा आवश्यकता पर्दा आफ्नो अस्पतालको तर्फबाट सधै सहयोग गर्ने बताए ।

प्रतिक्रिया
received_837602611313138