मुख्यमन्त्री जम्कट्टेलसँग मनाए मुश्लिम समुदायले ईद

पालिका डायरी
९ बैशाख २०८०, १९:४३

हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ईद पर्वको अवसरमा मुश्लिम समुदायलाई शुभकामना ब्यक्त गरेका छन् । मकवानपुरका मुश्लिम समुदायका अग्रजहरुसँग ईद पर्वको भेटमा उनले शुभकामना ब्यक्त गरेका हुन् ।

‘सबै धर्म, समुदायप्रति प्रदेश सरकार समान ब्यवहार गर्दछ’, मुख्यमन्त्री जम्कट्टेलले भने, ‘मुश्लिम समुदायको धर्म संस्कृतिको प्रवर्धन र समुदायको समस्याहरु सम्बोधनको लागि सरकार प्रतिबद्ध छ ।’ जामे मश्जिदका अध्यक्ष जोवेद हुसेन, दारुल कुरान मदरसाका अध्यक्ष सलिम मिया, उपाध्यक्ष जब्स मिया, सचिव जुनेजु मिया लगायत मुश्लिम समुदायका प्रतिनिधिहरुसँग मुख्यमन्त्री जम्कट्टेलसँग मुख्यमन्त्री निवास,हेटौंडामा भेटेर शुभकामना ब्यक्त गरेका हुन् ।

ईद इस्लामिक पात्रो अनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसंगै मनाइन्छ ।

प्रतिक्रिया