सन्दीपले रचे विश्वकीर्तिमान, बने सबैभन्दा छिटो सय विकेट लिने खेलाडी 

पालिका डायरी
८ बैशाख २०८०
सन्दीपले रचे विश्वकीर्तिमान, बने सबैभन्दा छिटो सय विकेट लिने खेलाडी 

नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले शुक्रबार आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन्।  सन्दीपले एसिसी प्रिमियर कपमा ओमानका आदिल साफिकको विकेट लिएका हुन्।

सन्दीपले ४२ खेलमा सय विकेट लिएका हुन् । यसअघि यो कीर्तिमान अफगानिस्तानका स्पिनर रसिद खानको नाममा थियो।

रसिदले २५ मार्च २०१८ मा उक्त सफलता हासिल गरेका थिए । रसिदले ४४ खेलमा सय विकेट पूरा गरेका थिए । त्यसअघि अस्ट्रेलियाका मिचेल स्टार्कले २०१६ मा ५२ खेलमा सय विकेट लिएका थिए।

प्रतिक्रिया