रूखबाट खसेर राक्सिराङमा एक जनाको मृत्यु

पालिका डायरी
७ बैशाख २०८०, २०:२०
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

हेटौंडा / राक्सिराङ गाउँपालिका–३ मा डाले घाँसको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

राक्सिराङ गाउँपालिका–३, लावती बस्ने अन्दाजी ५५ वर्षीय घन बहादुर थिङ मृत्यु भएको हो । प्रहरीका अनुसार आफ्नै बारीमा रहेको डाले घाँसको रूखमा घाँस झार्न चडेका थिङ रुखबाट खसेका हुन् ।

रुखबाट खसेर गम्भीर घाइते भएका थिङलाई प्राथमिक स्वास्थ्य केन्द्र, मनहरी ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको बामगती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।

यसघटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया