गाउँमा पक्की सडक बन्दा फेरियो मुहार चार बर्षमा अधुरो योजना पुरागर्छु : अध्यक्ष लामा

पालिका डायरी
६ बैशाख २०८०

राम कुमार दानी

 

हेटौंडा /  मकवानपुरको भीमफेदी गाउँपालिका अन्तरगत वडा नम्बर–८ को ईपा पंञ्चकन्यामा सडक निर्माणको कार्य अहिले धमाधम भैरहेको छ । देउराली देखि ईपागाउँ जाने बाटोको काम दुई वर्ष देखि धमाधम भैरहेको छ । संघीय सरकारको समपुरक अनुदानमा पक्की सडकको निर्माण गर्ने काम भइरहेको छ ।

गत आर्थिक वर्ष र चालु आर्थिक वर्ष गरी संघीय सरकार र गाउँपालिकाको जम्मा ८ करोड रुपैयाँ लागतमा सडक निर्माण कार्य भैरहेको छ । यस सडक निर्माण भएपछी यहाँका सयौं घर परिवारले उत्पादन गरेको कृषि उपज लगाएतका सामन सजिलै बजार लैजान सक्नेछन् कुनै समय मकवानपुरको कर्णाली भनेर चिनिएको ईपा आज नाली सहितको पक्की सडक बन्दा स्थानिय खुसी छ्न । हेटौंडाबाट करिब ४५ किलो मिटर र काठमाडौं बाट पनि ४५ किलोमिटरको दुरिमा रहेको यो गाउँ पुस्तौदेखि विकट गाउँ भनेर चिनिन्थ्यो विशेषगरी तामाङ्ग जातिको बाहुल्यता रहेको यो ईपा गाउँमा क्षेत्री बाहुन लगाएत मिश्रीत जातिहरुको बसोबास रहेको छ ।

यस ईपा गाउँको भुभाग झन्डै भक्तपुर जिल्ला जत्रो रहेको छ । गाउँमा ठुलाठालु र गन्ने मान्ने भने नभएका हैनन् तर विकासको नाममा भने माखो मारेनन् । स्थानियले गुनासो गरे आज देश संधीय संरचनामा गएपछि साविक ईपापंञ्चकन्या गा.वि.स.सबै भीमफेदी गाउँपालिकामा गाभियो र गाउँपालिकाको अध्यक्ष पनि यसै वडाका हिदम लामा निर्वाचित भए । लामा निर्वाचित भएलगतै यस ईपाको मुहार फेरिन सुरु भएको स्थानियहरु बताउछन् । आज हेटौंडाको सडकमा काठको पोल देखिन्छ तर यहाँ सबै फलामे पोलबाटै सबै गाउँमा सबै बस्तिमा बिजुली बत्ती बलिरहेको छ । यसै कारणले पनि गाउँमा हिदम लामा भन्ने वितिकै बुढापाकाले पनि नबिर्सने नाम बनेको छ ।

यसैगरि अहिले बन्दै गरेको यस सडक निर्माणले गर्दा गाउँको मुहारनै फेरिएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा बताउछन् उनले बर्षौदेखि यहाका अगुवाले गर्न नसकेको काम आफु गाउँपालिकाको अध्यक्ष भएपछि गर्न सकेकोमा खुसी ब्यत्त गरे उनले सडक मात्रै हैन आफु गाउँपालिका अध्यक्ष भएपछि गाउँको शिक्षा, स्वास्थ र पुर्वाधारले निकै फड्को मारेको बताए । गाउँकै पुरानो श्री पन्चकन्या माध्यमिक बिद्यालयको नयाँ भवन आफैले शिल्यान्यास गरेर आफैले उद्द्घाटन गरेको स्मरण गराउदै बाकी रहेको बिकासको काम आगामी चार बर्समा पुरा गर्न अबरात्र लागि पर्ने पनि लामाले बताए । यो आर्थिक बर्षको मसान्त सम्ममा स्तरोन्नती भएका सडक स्ल्याब ढलान कार्य सम्पन्न गर्ने लक्ष्य लिएको अध्यक्ष लामाले बताए ।

उत्त सडकमा ठेक्का मार्फत तीन वटा प्याकेजमा काम भइरहेको छ । गत आर्थिक वर्षमा ४ करोड रुपैयाँ र चालु आर्थिक वर्षमा चार करोड रुपैयाँ लागतमा काम भइरहेको भीमफेदी गाउँपालिकाका योजना साखाका प्रमुख तथा सूचना अधिकारी बद्री सापकोटाले जानकारी गराए ।
सडक निर्माणको काम अन्तरगत स्लाब निर्माण, ड्रेन, वाल निर्माण, हेमपाइप र ग्यावीन जाली निर्माण गर्ने काम भइरहेको उनले बताए । यस सडक निर्माण पश्चात यस क्षेत्रका १५ सय परिवार लाभान्वीत हुने भीमफेदी गाउँपालिकाको योजना शाखा प्रमुख बद्री सापकोटा बताउछ्न ।

प्रतिक्रिया