बालेनविरुद्धको रिटमा आज सुनुवाई

पालिका डायरी
५ बैशाख २०८०, १०:५०
बालेनले आफूले गर्न नसकेका काम र विवादमा आएका कुराबारे यसरी दिए स्पष्टीकरण

सिंहदरवार तथा राष्ट्रपति निवासको फोहर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ को निर्णयविरुद्ध परेको रिट निवेदनमा आज मंगलवार सुनवाई हुँदैछ ।

बालेनले अघिल्लो शनिवार सिंहदरवार र राष्ट्रपति निवासभित्रको फोहर नउठाउने भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गरेका थिए । त्यस्तायता सिंहदरवार र राष्ट्रपति निवासको फोहर उठ्न सकेको छैन ।

मेयर बालेनको निर्णयविरुद्ध आइतवार सर्र्वोच्च अदालतमा रिट निवेदन परेको थियो । सोही निवदेनको पेशी आजका लागि तोकिएको छ । अधिवक्ता पदम श्रेष्ठले बालेन विरुद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

प्रतिक्रिया
balen shah