राष्ट्रिय युवा संघको केन्द्रीय लेखा आयोग प्रमुखमा चौँलागाई निर्वाचित

पालिका डायरी
३० चैत्र २०७९, १२:२६

हेटौंडा / राष्ट्रिय युवा संघको केन्द्रीय लेखा आयोगको प्रमुखमा मकवानपुरका युवा नेता सन्तोष चौँलागाई सर्वसम्वत निर्वाचित भएका छन् ।

नेपालगञ्जमा सम्पन्न युवा संघको नवौँ राष्ट्रिय महाधिवेशनले चौँलागाईलाई लेखा आयोगको अध्यक्षमा निर्वाचित गरेको हो । आयोगको उपप्रमुखमा नानिराम तिवारी चयन भएका छन् ।

युवा संघ मकवानपुरका पुर्व अध्यक्ष समेत रहेका र्चौँलागाई हाल राष्ट्रिय युवा परिषद बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष समेत हुन् ।

प्रतिक्रिया