थाहा नगरका दुइ घरमा आगलागी, ५ लाख ५० हजार नगद सहित ३५ लाख ५० हजार रुपैयाँको क्षति

पालिका डायरी
३० चैत्र २०७९, ११:२८
आगलागीबाट ३ घर नष्ट हुँदा ५० लाखको क्षति file photo

हेटौंडा / मकवानपुरको थाहा नगरपालिकामा गएराती घरमा एक्कासी आगलागी हुँदा नगर ४ लाख रुपैयाँ सहित १९ लाख रुपैयाँको क्षति भएको छ ।

मकवानपुर थाहा नगरपालिका वडा नम्बर–७ चल्ती स्थित थाक्ले बस्ने कृष्ण बहादुर खत्रीको पुरानो डिजाईनको ढुङ्गा माटोले बनेको २ तले घरमा बिजुलीको तार सट भई आगलागि भएको हो ।

आगो बढ्न गई संगै जोडिएर बनाईएको उनका भाई राज कुमार खत्रीको कच्ची घरमा समेत आगोलागी भएको थियो । आगोलागी बाट दुइ वटै घर लगाएत घरमा रहेको सामनहरु पुर्ण रुपमा जलि क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राज कुमारको एक लाख ५० हजार नगद समेत गरी कुल १६ लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया