टोल बिकास संस्थाको लेखा ब्यवस्थापन तालीम सम्पन्न

पालिका डायरी
२९ चैत्र २०७९

हेटौंडा / टोल बिकास संस्थाको कोषध्यक्ष एवं लेखा ब्यवस्थापन सम्बन्धि तीन दिने तालीम बुधबार हेटौंडामा सम्पन भएको छ । यहि चैत्र २६ गते बाट सुरु भएको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १÷१० र ११ का टोल विकास संस्थाका प्रतिनिधि तथा कोषध्यक्षहरुको सहभागिता रहेको थियो ।

तालिममा सहभागी हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का बाराही टोल विकास संस्थाका सचिव कोपिला उप्रेतीले तालिम उपलब्धीमुलक भएको बाताइन् । यस्तै, सहभागी टोलबिकास संस्थाकी कोषध्यक्ष मेनुका लामाले तालिम आयोजकलाई धन्यवाद दिदै यो तालिमले बेसिक नलेज दिएकोले उपमहानगरपालिकाले पुन अर्को तालिम दिएर काम गर्न सक्षम बनाइदिन अनुरोध गरिन् । लामाले बेसिक नलेज पाएकोमा खुसी लागेको भन्दै डिप्लोमा नलेज बनाउन नगरपालिकालाई वडा अध्यक्षहरुले पहल गरिदिन आग्रह गरिन् ।
यस्तै न्युरिनी टोल विकास संस्थाकी अध्यक्ष फुलमाया गुरुङ्गले तीनदिनको तालिमले टोल विकासलाई हर हिसाब राख्न असाध्यै सहयोग पुगेकोले अझ यसलाई प्रथामिकतामा राखेर आगामी दिनमा काम गर्न धेरै सजिलो हुने बताइन् ।

तालिम समापनमा प्रमाण पत्र बितरण गर्दै हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष जुना दहालले तालिम अत्यन्त महत्वपूर्र्ण भएकोले उत्साह पूर्वक सहभागी जनाइदिनु भएको भन्दै सहभागिलाई धन्यवाद व्यक्त गरिन् । उनले यो तालिमले आफ्नो टोलविकास संस्थाको हिसाबकिताब राख्न अतिनै सजिलो हुने भएकोले केही नबुजेको कुरा सोध्न पर्दा कार्यक्रमको प्रशिक्षक देव कुमार श्रेष्ठलाई नजानेको कुरा सोध्न पनि आग्रह गरिन्।

तीन दिने हेटौंडाको १, १० र ११ नम्बर वडाको गरि ४० जनाको सहभागिता रहेको टोलविकास संस्था नगर समन्वय समितिका सचिव चन्द्रावती पनेरुले जानकारी दिइन् ।

प्रतिक्रिया