२ कराेड प्रकरण : रास्वपा अनुशासन आयोगको बैठक बस्दै

पालिका डायरी
२८ चैत्र २०७९, १२:१०

आज राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालयमा बस्न लागेको हो । सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’का बारेमा छानबिन गर्न बैठक बस्न लागेको हो ।

सांसद श्रेष्ठले सोमवार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रिय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने ? त्यसका बारेमा केन्द्रिय समितिले निर्णय लिनेछ ।

प्रतिक्रिया